खेल

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सघ काठमाडाैंकाे अध्यक्षमा पाेखरेल

काठमाडाैं । नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघ काठमाडाैंकाे अध्यक्षमा भुवन पाेखरेल चयन भएका छन् । 

केन्द्रीय अध्यक्ष तथा एसिया प्रमुख डा. पूर्ण प्रसाद पाण्डेकाे अध्यक्षतामा शनिवार बसेको काठमाडौं जिल्लाकाे पहिलाे भेलाले पाेखरेलकाे अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेकाे छ । 

समितिकाे तीन उपाध्यक्षमा तिलक कुमार श्रेष्ठ, भवानी देउजा भट्टराई र रामभक्त देवकाेटा छन् भने सचिवमा सुर्यबहादुर तामाङ, सहसचिव पुष्पराज भट्टराई छन् ।

त्यसैगरि संघकाे काेषाध्यक्षमा जिवन श्रेष्ठ, सह-कोषाध्यक्षमा गाेविन्द चाैलागाई छन् भने सदस्यहरूमा क्रमश:प्रमोद लम्साल, दिपक तामाङ, दयाबज्र लामा, सुनिल अर्याल, सबिना गोले तामाङ, विश्व कुमार लामा र दावा शेर्पा रहेका छन् । 

भेलालाई सम्बाेधन गर्दै केन्द्रीय अध्यक्ष पाण्डेले खेलकूदमा भइरहेकाे विकृित अन्त्यका लागि जाेड दिए । उनले नेपालकाे मार्सल आर्टस् खेलमा छुट्टै पहिचान बाेकेकाेले यसकाे प्रचार-प्रसार र प्रवर्धनमा जाेड दिए । पाण्डेल आगामी दिनहरुमा मार्सल आर्ट्स सम्बन्धि खेलकुद गतिविधी तीब्र रूपमा सन्चालन गर्ने संघको लक्ष्य रहेको बताए । 

नवगठित अध्यक्ष भुवन पाेखरलले केन्पो खुकुरी मार्सल आर्टस् विशुद्ध नेपालीपन भएकाे खेल भएकाले यसकाे विस्तार र नेपालको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा अभिवृद्धि गर्ने उद्देश्यसाथ प्रतियोगिताहरू गरिनुपर्नेमा जाेड दिए । पाेखरेलले संघले दिएकाे जिम्मेवारी इमान्दारीकासाथ गर्ने प्रतिवद्धता व्यक्त गरे । 

गाउँ सहर संवाददाता

तपाईँको मत