राजनीति

विश्वप्रकाशकाे संयोजकत्वमा बन्ने भयाे कांग्रेसको चुनावी घोषणापत्र

काठमाडौं । नेपाली कांग्रेसको चुनावी घोषणापत्र तयारी संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मा चयन भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई चुनावी घोषणापत्र तयारी समितिको संयोजक तोकेका हुन् ।

शर्मा संयोजक रहेको समितिले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी गर्नेछ ।

स्थानीय तहको निर्वाचनको घोषणापत्रको जिम्मेवारी भने अर्का महामन्त्री गगन थापाले पाएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत