राजनीति

सिन्धपाल्चाेक क्षेत्र १ माओवादीलाई छोड्नुपर्ने आधार न्यायोचित छैन : तिमल्सिना

काठमाडाैं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान महामन्त्री तथा नेपाली कांग्रेसका महासमिति सदस्य बलदेव तिमल्सिनाले गठबन्धनको आडमा भाग लगाउँदा कांग्रेसले एक्लै जित्ने क्षेत्र अन्य पार्टीलाई छाेड्न नहुने भन्दै कांग्रेस नेतृत्वकाे ध्यानाकर्षण गराएका छन् । 

सिन्धुपाल्चाेक मतदाता रहेका तिमल्सिनाले जिल्लाकाे क्षेत्र नम्बर १ मा माओवादीले गठबन्धनको आडमा भाग लिन खोजेको भन्दै जित्ने माओवादीलाई सो क्षेत्र नदिन नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

तिमल्सिनाले शुक्रबार विज्ञप्ति गर्दै सिन्धुपाल्चाेक १ नंबर क्षेत्र नेपाली कांग्रेसले छोड्नुपर्ने र माओवादी केन्द्रले पाउनुपर्ने भन्ने आधार कसैगरी पनि न्यायोचित नदेखिने उल्लेख गरेकाे छन् । उनले मतको तथ्यांक, पार्टीको सांगठनिक अवस्था, स्थानीय तहमा पार्टीको उपस्थिति र जनभावनाले पनि नेपाली कांग्रेसले नै उम्मेदवारी दिनुपर्ने र निर्वाचित हुने पुष्टि भइसकेको जनाएका छन् । 

तिमल्सिनाले भनेका छन्, ‘सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं.१ मा स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार वडाध्यक्षले पाएको मतमा नेपाली कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एसको १६५० मत छ । स्थानीय तहको निर्वाचनमा ७ ओटा पालिका मध्ये कांग्रेसले बाह्रबिसे नगरपालिका तथा भोटेकोशि र त्रिपुरासुन्दरी गाउँपालिकामा प्रमुख/ उपप्रमुख सहित बहुमत,जुगल,बलेफी र सुनकोसी ३ वटा गाउँ पालिकामा उपाध्यक्ष सहित बहुमत र लिसंखुपाखर गाउँ पालिकामा ६ मध्य ३ वटा वडा जितेर केहि मतले मात्र पछाडी परेको हो । क्षेत्र भित्रको ५४ वडा मध्य ३२ वडा कांग्रेसले जित्दा माओवादले ५ वटा वडा मात्र जितेको छ ।’

गठबन्धनको सीट बाँडफाँट कार्यदलका संयोजक कृष्ण सिटौलानिकट मानिने युवा नेता तिमल्सिनाले शीर्ष नेतृत्व तथा कार्यदलको ध्यानाकर्षण गराउँदै २०७४ मा जितेको भन्ने तर्कमा कुनै तुक नरहेको र एमालेको बलबाट जितेको बताएका छन् ।

सोही जिल्लाका नेता कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले यसअघि पार्टी बैठकमै सिन्धुपाल्चोक १ माओवादीलाई छाडिए विद्रोह गर्ने बताइसकेका छन् । सो क्षेत्रबाट सभामुख अग्नि सापकोटा निर्वाचित भएकाले माओवादीले सोही क्षेत्रमा दाबी गरेको छ ।

यस्ताे छ विज्ञप्ती :

आसन्न निर्वाचनमा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं.१ को सम्बन्धमा ध्यानाकर्षण:

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं.१ मा स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार वडाध्यक्षले पाएको मतमा नेपाली कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एसको १६५० मत छ।

स्थानीय तहको निर्वाचनमा ७ ओटा पालिका मध्ये कांग्रेसले बाह्रबिसे नगरपालिका तथा भोटेकोशि र त्रिपुरासुन्दरी गाउँपालिकामा प्रमुख/ उपप्रमुख सहित बहुमत,जुगल,बलेफी र सुनकोसी ३ वटा गाउँ पालिकामा उपाध्यक्ष सहित बहुमत र लिसंखुपाखर गाउँ पालिकामा ६ मध्य ३ वटा वडा जितेर केहि मतले मात्र पछाडी परेको हो । क्षेत्र भित्रको ५४ वडा मध्य ३२ वडा कांग्रेसले जित्दा माओवादले ५ वटा वडा मात्र जितेको छ ।

माओवादी केन्द्रले क्षेत्रको ४ वटा पालिकामा एउटा वडा सदस्य समेत जितेको छैन। काँग्रेससँगको गठबन्धनबाट प्रमुख जितेको जुगल गाउँपालिकामा प्रमुख बाहेक १ सदस्य पनि जित्न नसकेको र लिसंखुपाखर गाउँपालिकामा प्रमुख,एउटा वडाअध्यक्ष र २ सदस्य मात्र जितेको छ भने जिल्ला समन्वय समितिम एमाले संग तालमेल गर्दा समेत एउटा सदस्य समेत निर्वाचित हुन सकेन ।

यसर्थ यो क्षेत्रमा नेपाली काङ्ग्रेसले छोड्नुपर्ने र माओवादी केन्द्रले पाउनुपर्ने भन्ने आधार कसैगरी पनि न्यायोचित देखिदैन ।मतको तथ्यांक,पार्टीको सांगठनिक अबस्था,स्थानीय तहमा पार्टीको उपस्थिति र जनभावनाले पनि नेपाली काङ्ग्रेसले नै उम्मेदवारी दिनुपर्ने र निर्बाचित हुने पुष्टि भैसकेको छ । २०७४ को आमनिर्वाचनमा जितेको भन्ने तर्क दावी गर्नुको कुनै तुक देखिँदैन किनकि त्यो निर्वाचनमा प्राप्त मत माओवादी केन्द्रको मात्र होइन,त्यसबेला उसले नेकपा एमाले संग गठवन्धन गरेको थियो ।

यो बिषयमा नेपाली कांग्रेसका सभापति तथा शिर्ष नेतृत्व,केन्द्रीय समिति र कार्यदलको समयमै गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

जय नेपाल !!!
बलदेव तिमल्सिना (सिन्धुपाल्चोक-१)
निबर्तमान महामन्त्री
ने.बि.संघ केन्द्रीय समिति
तथा महासमिति सदस्य,नेपाली काङ्ग्रेस
मिति:२०७९/०५/३

गाउँ सहर संवाददाता

तपाईँको मत