राजनीति

माओवादीकाे पदाधिकारी छान्ने काम आज पनि टुंगिएन, शनिबारकाे भाखा

काठमाडौं । नेकपा माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउन बसकाे बैठक आज पनि बिना निष्कर्ष टुंगिएकाे छ ।

पार्टी कार्यालय पेरिशडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकमा पदाधिकारी चयन गर्ने र समसामयिक राजनीतिक विषयबारे छलफल भएको थियो ।

तर पदाधिकारी टुंग्याउने भने पनि आज पदाधिकारीको टुंगो लाग्न सकेन । 

उनले भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने जानकारी दिए ।

स्थायी समिति, पदाधिकारी र पोलिट्ब्यूरो समिति टुंग्याउने बारेमा माओवादी केन्द्रको स्थायी समितिको बैठक निरन्तर बस्दै आएको छ ।

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन गत पुसमा सम्पन्न भएको थियो। त्यसयता, पदाधिकारी चयन गर्न पटक–पटक बैठक बसे पनि यो टुंगिन सकेको छैन । यद्यपि, अबको बैठकले यसलाई अन्तिम रुप दिने दाबी नेताहरुले गरेका छन् ।

प्रवक्ता महराका अनुसार  पदाधिकारीको विषय शनिबार टुंगिन सक्छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत