साताकाे अन्तिम दिन नेप्सेसँगै कारोबार रकम पनि बढ्याे
- गाउँ सहर संवाददाता
- २ भदौ बिहीबार, २०७९ | १५:३४:०० मा प्रकाशित
काठमाडौं । आज बिहीबार शेयरबजार उकालाे लागेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौं दिन आज २७.७२ अंकले बढेर दुई हजार ६८ दशमलब ४२ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा दुई अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १७१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मन्दाकीनी हाइड्रोपावर कम्पनी, अप्पर सोलु हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर कम्पनी र अप्पर हेवाखोला कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
नेप्सेका अनुसार आज एनआइबीएल प्रगती फण्ड र सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज १० करोड ४३ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस