प्रतिनिधि सभा

संसदमा लगातार १० पटकसम्म बैठकमा नआउने यी १५ सांसद के गर्दैछन् ?

काठमाडौं । संसद जनप्रतिनिधिकाे छलफल गर्ने थलाे हाे । जहाँ कानुन बनाउने र नीतिगत कुराहरूमा छलफल हुने गर्दछ तर संसदमा सांसदहरू नै नियमित उपस्थित हुँदैनन् । 

यसै सन्दर्भमा बिहीबारकाे प्रतिनिधिसभाकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदमा लगातार १० पटकभन्दा बढी अनुपस्थित हुने सांसदहरूबारे संसदमा जानकारी गराएका छन् । 

सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० को उपनियम (४) बमोजिम लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका सांसदहरूबारे जानकारी गराएका हुन् । 

संसदमा सांसदहरुको गयल हुने प्रवृत्तिले सभामुख आफैँ आजित भइसकेका छन् । संसदमा छलफलपछि कुनै पनि विधेयक पारित गराउनका लागि गणपूरक समेत नपुगेर पटक-पटक बैठक स्थगित गर्दै आइरहेका छन्। त्यसबारे सभामुखले सार्वजनिक रूपमै असन्तुष्टि जनाइरहेका छन् । 

उनीहरुको लगातार बैठकमा अनुपस्थित भएको प्रस्ताव प्रतिनिधि सभाबाट स्वीकृत भइसकेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत