सेवा

नागरिक परोपकार समन्वय संस्था कास्कीको अध्यक्षमा तिवारी

लेखनाथ । नागरिक परोपकार समन्वय संस्था कास्कीको बुधवार सम्पन्न स्थापना दिवस तेस्रो साधारण सभा अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि चिरञ्जीवी तिवारीको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा देवराज पन्थी, सचिवमा गिता जमरकटृेल, कोषाध्यक्षमा सोमनाथ जमरकटृेल (ईन्द्रविलास), सदस्यहरुमा चेत बहादुर कुमाल, वसन्तराज ढकाल, सिता सापकोटा, सुशील लामिछाने, बुद्धिसागर पौडेल, शिवराज सुवेदी र शारदा बाँस्तोला रहेका छन् ।

निर्वाचन सम्पन्न गराउन रमानाथ पौडेलको संयोजकत्वमा अर्जुन ओझा र लक्ष्मी प्रसाद त्रिपाठी सहितको निर्वाचन मण्डल गठन गरिएको थियो ।

साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले आफूभन्दा कम भाग्यमानीलाई सहयोग गर्न आग्रह गरेका छन् । मन्त्री थापाले समुन्नत समाज निर्माणका लागि हुनेले नहुनेलाई सहयोग गर्न अनुरोध गरे ।

गण्डकी प्रदेश सरकारले सडकमानव मुक्त समाज निर्माणको अभियान संचालन गरेकाले सडकमा रहेका जोसुकै दिनदुखी र बेसाहाराहरुहरुको हक हितका लागि काम गर्दै आए जस्तै यस संस्थाले पनि सरकारले गर्न नसकेको काम गरेर उदाहरणीय काम गरेको कुरा उल्लेख गरेका थिए ।

सोही अवसरमा गण्डकी प्रदेश विकास समितिका संयोजक दिपक कोईरालले विकासका लागि सामुहिक भावनाले काम गर्न अनुरोध गर्दै यो क्षेत्रको विकासका लागि सहकार्यको आवश्यकता औँल्याएका थिए ।

कार्यक्रममा संस्थाका संरक्षक तथा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदीले कोभिडको महामारीका समयमा दैनिक जीवन गुजारा गर्न नसक्नेहरुको हक हितका लागि सेवा गर्ने भावनाले संस्था स्थापना भएकोले यो संस्था विशुद्ध समाजिक संस्था भएको भएको बताएका थिए ।  

सोही अवसरमा संस्थाका अध्यक्ष राजेन्द्र ओझाले संस्थाले कास्की जिल्ला र यस वरपरका जिल्लाहरुमा पनि आपत विपतमा परेका, वाढी पहिरो पीडित र दिनदुखीहरुको क्षेत्रमा काम गर्दै आएको र जनस्तरमा सहयोग संकलन गरि शववाहन सेवा सञ्चालन गरिएको बताउँदै आगामी दिनमा पनि नाम जस्तै सेवा गरेर देखाउने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा सम्पुर्ण वडाअध्यक्षको तर्फबाट पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्षहरुको तर्फबाट श्रीप्रसाद गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय लगायतले सेवा भावले गरिने जुनसुकै काम पनि सवैको साथ सहयोग रहने बिचार राखेका थिए ।

संस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रामराज अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष चिरञ्जीवि तिवारीले गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत