गाउँ सहर

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाको बिहीबारको बैठकमा पेश हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाको बिहीबारको बैठकबाट नै पारित गरिने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक भोलि नै पारित गर्ने तयारी भएको छ । 

संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा भोलिको प्रतिनिधि सभामा विधेयक पारितका लागि निणयार्थ प्रस्तुत गर्ने उल्लेख छ ।

संघीय संसद्‌को प्रतिनिधि सभाले बिहीबारका लागि जारी गरेको कार्यसूची अनुसार गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिद्वारा सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत हुने गर्नेछन् । 

त्यसै गरी सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१० को उपनियम (४) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित संसदहरुलाई अनुपस्थितिको सूचना सभामा स्वीकृतका लागि पेस गर्ने कार्यसूची पनि रहेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत