गाउँ सहर

दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

काठमाडाैं । गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगा गइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा से १ ज ५५१ नम्बरको जिप बुधबार अपराह्न दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार घटनामा ९ जना घाइते भएका छन् ।

उनका अनुसार मालिकार्जुन मन्दिर जाने गेटबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जिप दुर्घटना भएको हो ।

घटनास्थलमा अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी र स्थानीयहरु खटिएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत