ट्राफिक प्रहरी कार्यालयले कलेजका विद्यार्थीलक्षित ट्राफिक चेकजाँच
- गाउँ सहर संवाददाता
- १ भदौ बुधबार, २०७९ | १०:३९:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कलेजका विद्यार्थीलक्षित ट्राफिक चेकजाँच गर्दा ११८ जना कलेजका विद्यार्थी कारबाहीमा परेका छन् । प्रहरीको चेकजाँचमा सवारीचालक अनुमति-पत्र नभएका ६१ जना, सवारी दर्ता किताब नभएका ३९ जना र तीनजना सवार ७ जना विद्यार्थीहरू कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, हेल्मेट नलगाई सवारीसाधन चलाउने १ जना र अन्य ट्राफिक नियम उल्लंघन गर्ने १० जना गरी १ सय १८ जना विधार्थीहरू कारबाहीमा परेका हुन्। कारबाहीमा पर्ने विद्यार्थीहरूमा सबै दुईपांग्रे सवारीसाधनका चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार गतवर्ष काठमाडौं उपत्यकाभित्र १० हजार ७ सय ३३ वटा सवारीसाधन दुर्घटना भएका छन् । जसमध्ये ८ हजार ३ सय ६४ वटा दुईपांग्रे सवारीसाधन रहेका छन्। सवारी दुर्घटनामा परी १ सय ९१ जनाको मृत्यु हुँदा दुईपांग्रे सवारी दुर्घटनामा मात्रै १ सय १७ जनाको मृत्यु भएको छ । जसमध्ये ५८ जना पैदल यात्रीको समेत सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा अधिकांश दुईपांग्रे सवारीसाधन प्रयोगकर्ता रहेका छन् । उमेर समूहका आधारमा हेर्ने हो भने १७ वर्षदेखि ३५ वर्षसम्मका मानिस दुईपांग्रे सवारीसाधन प्रयोगकर्ता रहेका छन् । सबैभन्दा धेरै दुर्घटनामा पर्नेमा दुईपांग्रे सवारीसाधन देखिएकोले दुर्घटना न्यूनीकरण गर्नको लागि ट्राफिक प्रहरीले विशेष अभियान नै चलाएर नियम उल्लंघन गर्नेलाई कारबाही गर्न सुरु गरेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस