आज सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेश सरकारले दियाे सार्वजनिक बिदा
- गाउँ सहर संवाददाता
- १ भदौ बुधबार, २०७९ | ०७:४०:०० मा प्रकाशित
धनगढी । आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । भदौ १ अर्थात् ओल्के पर्व अर्थात ओल्के संक्रान्ति पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हाे । ओल्के पर्व नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ।
साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।
ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ। आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो-मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ।
यो पर्व विशेषमा ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ ।
सुदुरपश्चिम प्रदेशको जेठो पर्वका रुपमा चिनिदै आएको छ । यो पर्व बिशेषगरी सुदुरपश्चिम प्रदेशको डोटी लगायत अन्य पहाडी जिल्लामा धुमधामका साथ मनाइने गरिन्छ ।
यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रुपमा पनि रहिआएको छ। गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुशीयालीमा सद्भाव बाँड्ने गरिन्छ।
ओल्केकै दिन सबै गाउँ नजिकैको चौबाटोमा गई सल्लाको लिङ्गो समेत गाड्ने गर्छन्। भदौ सक्रन्तिका दिन गाउँ नजिकका डाँडामा सबैजना भेला भएर रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ।
यो थुप्रोलाई स्थानीय भाषामा 'बुढी हालेको' भन्दछन्। यो बुढीलाइ भदौ मसान्तका साँझ गाउँका सबैजना मिलेर एकैसाथ पोल्ने चलन छ। भदौ मसान्तका दिन जलाइने लिङ्गोलाई बूढी पोल्ने भनिन्छ । 'विशेषगरी ओल्के ठूलाबडाको आदर सत्कार र सम्मान गर्ने पर्व हो'।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस