गाउँ सहर

मेयर बालेन्द्रकाे प्रश्न : ‘प्रचण्डज्यू, कुन नैतिकताले भन्नुहुन्छ म देश बनाउँदै छु भनेर’

काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि नैतिकताको प्रश्न उठाएका छन् ।

उपत्यकाको फोहोर लैजाने सडक विगत ८ वर्षदेखि खराब अवस्थामा रहेको बताउँदै यस्तो बाटो बनाउनेको घरमै अंगरक्षकजस्तो बसेर कुन नैतिकताले देश बनाउने कुरा गर्दै हुनुहुन्छ भन्ने प्रश्न गरेका छन् ।

आज बालेन्द्र शाहले बेहाल सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै भनेका छन्, ‘श्रीमान् प्रचण्डज्यू, उपत्यकाको फोहर लैजान प्रयोग गरिने ककनीको बाटो विगत आठ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’

प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्शनले जिम्मा लिएको बालाजुबाट नुवाकोटसम्मको सडक बेहाल अवस्थामा रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत