राजनीति
यी हुन् देउवाले मनोनित गरेका १० महिला केन्द्रीय सदस्य
- गाउँ सहर संवाददाता
- ३१ श्रावण मंगलबार, २०७९ | १६:४०:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् ।
मनोनित हुनेमा किरण यादव, राधा घले, धना खड्का, उर्मिला थपलिया, रुक्मिणी कोइराला, कल्णाणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा छन् ।कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला हुनुपर्छ ।
कांग्रेसमा १६८ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । सभापति देउवाले मनोनीत गर्न पाउनेमध्ये यसअघि १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
अझै देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । आज मनोनीत भएका १० जना महिला हुन् ।
समावेशी सिद्धान्तअनुसार केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था कांग्रेस विधानमा छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस