२४ अंकले घटेकाे नेप्सेमा दुई अर्ब ७३ करोडकाे काराेबार
- गाउँ सहर संवाददाता
- ३१ श्रावण मंगलबार, २०७९ | १६:३५:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से २४.८३ अंकले घटेर दुई हजार ४१ दशमलब ०६ विन्दुमा बन्द भएको छ । सोमबार नेप्से ५५.८८ अंकले बढेर दुई हजार ६५ दशमलब ८९ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा दुई अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार दुई अर्ब ४३ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अप्पर हेवाखोलाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १८७.२० रुपैयाँमा पुगेको छ ।
नेप्सेका अनुसार आज युनिलिभर नेपाल, दोर्दीखोला जलविद्युत कम्पनी, पञ्चकन्यामाई हाइड्रो, जोशी हाइड्रो डेभलपमेन्ट, आइएमई जनरल इन्स्योरेन्स र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज ४० करोड ८२ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस