प्रतिनिधि सभा

सार्वजनिक ऋण व्यवस्थापन विधेयक–२०७९ पारित

काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक–२०७९ बहुमतले पारित भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापन विधेयक–२०७९ लाई पारित गरियोस् भनि संसद्‌मा प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई निर्णयार्थ पेस गरिएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकलाई ध्वनि मतका आधारमा बहुमतले पारित भएको घोषणा गरेका हुन् । 

यसअघि बैठकले २९ साउनमा गणपुरक संख्याको अभावमा निर्णयार्थ प्रस्तुत हुन बाँकी सार्वजनिक ऋण विधेयक २०७६ को अर्थसमितिको प्रतिवेदनको क्रम संख्या १ देखि ११ सम्म उल्लेखित संशोधनहरु स्वीकृत गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत