राजनीति

खतिवडाले छाडे बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी

काठमाडाैं । नेता डम्बर खतिवडाले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी परित्याग गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफू नेसपाको साधारण सदस्य समेत नरहेको जानकारी गराएका हुन् ।

नेसपाले माओवादीसँग मिलेर एउटै चुनाव चिन्हबाट आउँदो निर्वाचनमा सहभागी हुने निर्णय गरेपछि खतिवडाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले ट्वीट गरेका छन्, ‘करिब ८ वर्षको सहकार्यका लागि डा. बाबुराम भट्टराई र साथै करिब ३ वर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुको टिमप्रति आभारी छु । आजबाट जसपा–नेसपा लफडाबाट पुर्णतः मुक्त छु । नेसपा–माओवादी एउटै चिन्ह हसियाहथौडाबाट चुनाव लड्न निर्णयपछि अब म नेसपाको साधारण सदस्य पनि रहिन । धन्यवाद ।’

नेसपा र माओवादीले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने गरी मंगलबार दल दर्ताको तयारी गरेका छन् । जसपाबाट छुट्टीएर बाबुरामले नेसपा हालै गठन गरेका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत