गाउँ सहर

दुर्घटनाग्रस्त मोटरसाइकलसँगै मृत अवस्थामा भेटिए खत्री

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवल, १२ नायाँगाउँको सडक छेउमा एक युवा मृत फेला परेका छन् । बुटवल, ११ कालिकानगरका २८ वर्षीय संजय खत्री मोटरसाइकलसँगै दुर्घटनाग्रस्त अवस्थामा मंगलबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

सडक छेउमा लु ३६ प ४७४२ नम्बरको मोटरसाइकलसँगै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत