खेल

फिफाले भारतमाथि प्रतिबन्ध लगायाे

  • ३१ श्रावण मंगलबार, २०७९ | ०७:३४:०० मा प्रकाशित

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ ।

फिफाले मंगलबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो ।

फिफाले एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ। 

फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ ।

फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन ।

फिफाले पछिल्लो समय भारतको एफएलाई सहमति भएको रोडम्यापबाट 'विचलित' भएमा प्रतिबन्धको चेतावनी दिदै आएको थियो ।  तर, भारतको एफएमा पटक पटक विधान विपरित कार्य हुँदै आएको थियो ।

तपाईँको मत