वातावरण

गोंगरभन्दा तलतिर तामाकोशी नदीको बहाव बढ्याे, हाेशियार रहन विभागकाे अनुराेध

काठमाडाैँ । नेपाल बाढी सूचनाका अनुसार रोल्वालिङ क्षेत्रमा बढी पानी परेको कारणले गर्दा रोल्वालिङ खोलामा दिउँसो ४:०० बजेदेखि खोलाको बहाव बढेको तथा तामाकोशी नदीमा पनि दिउँसो ४:०० बजेको तुलनामा अहिले बहाव बढेको (करिब ४० घनमिटर प्रति सेकेण्ड थप) हुनाले छेतछेत र गोंगरभन्दा तलतिर तामाकोशी नदीको बहाव बढ्न गएको छ ।

सूचनाले भनेकाे छ, "तल्लो तटीय क्षेत्रमा रहने सबैजना सतर्क रहनु होला । रिखु जलमापन केन्द्रको ग्राफ हेर्नुहोला । अहिले रोल्वालिङ खोलाको बहाव स्थिर रहेको छ ।"

गाउँ सहर संवाददाता

तपाईँको मत