गाउँ सहर

नेपाली सेनाले अमेरिकी सेनासँग संयुक्त तालिम गर्ने, १६ अमेरिकी सेना नेपाल आइपुगे

काठमाडौं । नेपाली सेनाले अमेरिकी सेनासँग संयुक्त तालिम गर्ने भएको छ । यही साउन ३३१ गते देखि भदौ ३१ गतेसम्म एक महिना ‘एक्स–ब्यालेन्स नेल २२-५५३०’ तालिम संचालन गर्ने भएको हो । 

नेपाली सेनाका अनुसार यो तालिम विगतकै निरन्तरतामा उनन्चालिसौं संस्करण रहेको र यसमा सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गतका रेञ्जर गणहरु सहभागी हुने नेपाली सेनाले सोमबार जनाएको छ । 

तालिममा नेपाली सेनाबाट ८० जना र अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सहभागी हुने जनाइएको छ । उक्त संयुक्त तालिममा ‘ल  अफ आर्म कन्फ्लिक्ट, मिलिटरी डिसिजन मेकिङ प्रोसेस लगायत विषयमा तालिम दिइनेछ । तालिम छाउनी, नगरकोट, इलाकामा संचालन हुने सेनाले जनाएको छ । 

उक्त संयुक्त तालिममा अमेरिकी सेनाको टुकडीको कमाण्ड क्याप्टेन ब्ल्याक डुकटेलले गर्ने भएका छन् । डुकटेलको नेतृत्वमा सेना टोली सोमबार नै नेपाल आइपुगेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत