राजनीति

मिलाएर लैजान्छु, कसैलाई अन्याय हुन दिन्न, तपाईँहरु ढुक्क हुनुहोस् : देउवा

काठमाडाैं । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र कसैलाई अन्याय हुन नदिने गरि टिकट वितरण हुने बताउका छन्र । 

कांग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।

“हाम्रो ध्यान मंसिर ४ मा छ हामी पहिलो पार्टी बन्छौँ,” उनले भने, “२०७४ सालमा गठबन्धनसँग हामी एक्लै लडेर पराजित भएका थियौँ । अहिले हामी गठबन्धनमा छौँ । यो देशको मालिक जनता हुन् । सबै साथीहरुलाई मिलाएर लैजान्छु । कसैलाई अन्याय हुन दिन्न । तपाईँहरु ढुक्क हुनुहोस् ।”

देउवाले आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन पनि दिएका छन् । सत्तारुढ दलहरुबीच गठबन्धन हुने सहमति बनिसकेको भन्दै सोही अनुसार लागिपर्न देउवाको निर्देशन  छ ।

‘स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको थियो । अब हाम्रो ध्यान मंसिर ४ मा छ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका राम्रो परिणाम आउनेछ,अब पनि गठबन्धन गरेर जाने दलहरूबीच सहमति भइसकेको छ । गठबन्धनलाई सँगै सँगै लिएर जानुछ । गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरि चुनावी तयारीमा लाग्नुस् ।’ 

‘जनताको दिल जित्नुपर्छ । गाउँमा सिंहदरबारको अधिकार पुगिसकेको छ । सिंहदरबारको अधिकार गाउँ पुगेको जनताले महसुस गर्ने गरी काम गर्नुस्’ देउवाले भने ।

सभापति देउवाले अघि भने, ‘बढी सिटमा उम्मेदवारी दिने भन्दा पनि बढी सिट जित्नु ठूलो हो ।’

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहमा काँग्रेस तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षहरूलाई ललितपुरमा सोमबार र मंगलबार प्रशिक्षण दिन सुरु गरेको हो।  

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको कार्यक्रममा काँग्रेसका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत