प्रेरणा

यदि पहिलो प्रयासमा सफल भइएन भने, हामीले दोस्रो प्रयासमा कडा परिश्रम गर्नुपर्छ

काठमाडाैँ । यदि काम गर्ने सवालमा पहिलो प्रयासमा सफल भइएन भने, हामीले दोस्रो प्रयासमा कडा परिश्रम गर्नुपर्छ । किनकी दाेस्राे प्रयास सबैकाे लागि महत्वपूर्ण हुन्छ साथै चुनाैतिपनि, हरेस भने खानु हुँदैन ।

सफलता उनैलाई मिल्छ जो सकारात्मक रहन्छन् र असफल भएर पनि हिम्मत हार्दैनन् । यदि तपाईंले कुनै काम सुरु गर्नुभएको छ र पहिलो प्रयासमा असफलता पाउनुभयो भने निराश नहुनुहोस् । सकारात्मक सोचका साथ पुन: प्रयास गर्नुपर्छ । जबसम्म सफलता प्राप्त हुँदैन, तबसम्म प्रयास गरिरहनुपर्छ ।

  • जाे व्यक्तिले स्वभावमा सकारात्मक विचार र संस्कार स्थापित गर्छ उसकाे मन सधैँ शान्त रहन्छ ।
  • पहिलाे प्रयासमा कुनैपन काम नबनेमा अर्काे प्रयास गर्नुपर्छ । तबसम्म, जबसम्म सफलता प्राप्त गरिँदैन ।
  • जुन कुरा हामीलाई साेच्न वाध्य गरिनेछ, त्यहि कुराले हाम्राे जीवन बदल्न सक्छ ।
  • कुनैपनि व्यक्ति सर्वश्रेष्ठ छैन, किनकी प्रकृितले कसैलाई पनि सर्वश्रेष्ठ बनाएकाे छैन । काेइलीले कण्ठ पाएकाे छ तर रूप पाएकाे छैन । मयुरले रूप पाएकाे छ तर कण्ठ छैन ।
  • जो व्यक्ति अर्काको बारेमा बढी सोच्दछ, उसको जीवनमा सुख-शान्ति कहिल्यै आउँदैन, उ एक्लै रहन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत