जनप्रतिनिधिलाई कांग्रेसले आजदेखि अभिमुखीकरण दिँदै
- गाउँ सहर संवाददाता
- ३० श्रावण सोमबार, २०७९ | ०६:३७:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ ।
निर्वाचित भएको ठीक तीन महिनापछि कांग्रेसले जनप्रतिनिधिहरूलाई काठमाडौं बोलाएर अभिमुखीकरण गर्न लागेको हो ।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमको आज दिउँसो ११ बजे ललितपुरमा पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् ।
सोमबार समापन हुने कार्यक्रममा पार्टीका शीर्ष नेताहरू पनि प्रशिक्षण दिनेछन् । कार्यक्रममा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र समन्वय समितिका प्रमुख-उपप्रमुखको सहभागिता हुने कांग्रेसले जनाएको छ ।
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले बिहान ११ बजे हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् । कार्यक्रमको उद्घाटनपछि वरिष्ठ कानुनविद् काशिराज दाहाल, योजना आयोगको उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थशास्त्री जगदीश भट्टराई, प्राकृतिक स्रोत सम्बन्धि विज्ञ सन्तोषमणि नेपालले प्रशिक्षण दिने कार्यक्रम छ ।
यस्तै दोस्रो दिन ३१ गते उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतले प्रशिक्षण दिने छन् । उपसभापतिद्वय खड्का र गुरुङले स्थानीय सरकार र पार्टीको सम्बन्धनबारे प्रशिक्षण गर्ने छन् ।
महामन्त्री गगन थापाले घोषणापत्रबारे प्रशिक्षण दिने छन् भने विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे धारणा राख्ने छन् । यस्तै प्रवक्ता प्रकाशशरण महतले प्रचार–प्रसार अभियानबारे प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस