गाउँ सहर

लोकतान्त्रिक शेर्पा संघ नेपालको अध्यक्षमा रामेछापका नाम्गेल लामा निर्वाचित

काठमाडौं । नेकपा एमाले निकट लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो राष्ट्रिय अधिवेशनबाट रामेछाप निवासी नाम्गेल लामा शेर्पा अध्यक्षमा निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न राष्ट्रिय अधिवेशनबाट शेर्पा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

शनिबार भएको उद्घाटन सत्र पछिको बन्द सत्रले सर्वसम्मत नेतृत्व चयन गरेको हो । अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।  

नवनिर्वाचित केन्द्रीय सदस्य दावा संबु शेर्पाका अनुसार अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा आङकाजी शेर्पा, उपाध्यक्षहरूमा क्रमशः पेम्बा शेर्पा, फुर ल्हाक्पा शेर्पा, ङावा निमा शेर्पा, र ल्हाक्पा शेर्पा पनि सर्वसम्मत निर्वाचित भएका छन् । महासचिवमा आङ पेम्बा शेर्पा, उपमहासचिवमा मिग्युर शेर्पा, कोषाध्यक्षमा लामबाउ शेर्पा निर्वाचित भएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत