वातावरण

साेमबार, यी स्थानमा वर्षा

काठमाडाैँ । २०७९ श्रावण ३० गते (सोमबार), माैसम विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गणडकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  रहने छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत