राजनीति

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता पठाइन्

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् ।

दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको विधेयकले उनले फिर्ता गरेकी हुन् ।

गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारी समक्ष पेश गरेका थिए ।

विधेयक पुनःविचार गर्नुपर्ने भएकाले फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संवैधानिक व्यवस्थाअनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्ने समय थियो ।

‘राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ‚’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

चार वर्षसम्म संसदमा अड्केको विधेयक सरकारले फिर्ता गरेर गत असारमा अन्तिममा संसदमा नयाँ विधेयक लगेको थियो ।

जन्मसिद्धका सन्तानले वंशाजनको नागरिकता पाउने र गैरआवासीय नेपालीले राजनीतिक बाहेकको अधिकार प्रयोग गर्ने गरी नागरिता पाउने संविधानकै प्रावधानलाई जस्ताको त्यस्तै राखेर विधेयक फिर्ता पारित गरिएको थियो। दुवै सदनले फाष्टट्राकमा विधेयक पारित गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत