राजनीति

चार वर्षपछि बल्ल बीमा विधेयक संसदबाट पारित

काठमाडौं । प्रतिनिधि सभाले ‘बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ‘बीमा विधेयक २०७९’ पारित भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बीमा विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव पारित भएको हो ।

बिमासम्बन्धी विधेयक संसद्मा चार वर्षअघि दर्ता गरिएको थियाे । विधेयक अब सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइनेछ । राष्ट्रपतिले विधेयकमा लालमोहर लगाएपछि बिमा विधेयक ‘बिमा ऐन २०७९’ का रूपमा लागु हुनेछ ।

यो ऐन लागु भएपछि अहिलेको बिमा समिति अधिकारसम्पन्न बिमा प्राधिकरणका रूपमा परिणत हुनेछ ।

अर्थमन्त्री शर्माले बीमा प्राधिकरण स्वायत्त हुनेछ । बीमा क्षेत्रको नियमन निकाय बीमा प्राधिकरण स्वायत्त हुने र कुनै हस्तक्षेप नहुने बताएका हुन् ।

यस्तै मन्त्री शर्माले स्वास्थ्य बीमा ऐनलाई बीमा विद्येयकले कुनै हस्तक्षेप नगरेको पनि जानकारी गराए ।

गाउँ सहर संवाददाता

तपाईँको मत