खेल

आदर्श क्लबको  अध्यक्षमा गुरुङ 

पाेखरा । पोखराको खेलकुद विकास  र सामाजिक सेवामा  समर्पित प्रतिष्ठित क्लब आदर्श युवा क्लबको शनिवार  सम्पन्न २५ औँ साधारण सभा तथा १२ अधिबेशनबाट अध्यक्षमा पदम गुरूङ निर्वाचित भएका छन् । यसै गरी उपाध्यक्षमा लक्ष्मण सुनार, सचिवमा ओमप्रकाश गुरुङ, सहसचिवमा लक्की पून, कोषाध्यक्षमा उद्धव गिरी चयन भएका छन् ।

सदस्यहरुमा सन्तोष गुरूङ, विज्ञान भण्डारी, विवेक गुरूङ, सुवास तामाङ र कुशल गुरूङ रहेका  छन् । 

निर्बाचित पदाधिकारीलाई  पाेखरा महानगर पालिका २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर अत्रेय, संस्थापक अध्यक्ष चेत बहादुर गुरुङ  पूर्व अध्यक्षहरु लगायतले शुभकामना दिएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत