गाउँ सहर

प्रिय ‘वालेन’, फाेहाेरले थिचेकाे यो तिम्रो सहर !

काठमाडाैँ । प्रिय ‘वालेन’, यो तिम्रो सहर ! किन यस्ताे ? जनताकाे मन जित्ने बेलाकाे बाेलीले काम नगर्दा आज सहरभरी फोहोर थुप्रिएको छ । एक्लै हुँदा समस्या भएको पक्कै हुनुपर्छ । तर तिमीबाट यो काम गर्न नसक्नुले दोष कसलाई दिने ? के फाेहाेर व्यवस्थापन गर्नै नसकिने हाे ?

स्वतन्त्र उम्मेद्वारले चुनाव जित्दा तिमीमा काठमाडौँबासीको केही आशा थियो । जस्तै विद्युतीय तार व्यवस्थापन, फोहोर व्यवस्थापन, पार्किङ्ग व्यवस्थापन, खानेपानी र यातायात व्यवस्थापन । विभिन्न पुरातत्विक विषय र धरोहर तिम्रो प्राथमिकतामा थियो । किनकी साँस्कृतिक सहरको परिकल्पना तिम्रो योजना मै थियो । माथिको तस्बिर एक नमूना मात्र हो ।

फाेहाेरकै कारण काठमाडाैँकाे नाम फेरिने अवस्था देखिन थाल्याे । डुंगडुंक्ति गन्हाएकाे स्थानले गिज्याइरहेकाे छैन ? राजधानी भन्न लायक खै बनाएकाे ? हरेक काठमाडाैँबासीले यही प्रश्न गरिरहेका छन् ।

केही हप्तादेखि उठ्न नसकेको काठमाडौँभित्रको फोहोरले सडक र पेटी दुर्गन्धित भएका छन् । काठमाडाैँ उपत्यकाका चाेक, सडकमा फाेहाेरका थुप्राेमात्रै देखिन्छन् । सर्वसाधारणहरू नाक थुन्दै हिँड्नुपरिरहेकाे छ । हप्ताैँदेखि फोहोर उठ्न रोकिएपछि सिङ्गै उपत्यका कुरूप देखिनुका साथै महानगर दुर्गन्धित बनेको छ । दिर्घकालीन उपाय नसाेचिँदा याे समस्या बिकराल बन्दै गएकाे छ ।

अरूकाे कुरा नकाट्ने तिम्राे अद्भूत सहनशीलताले यति कुरा व्यवस्थापनमा किन चुक्दैछ ?

केही चित्रहरूः

 

गाउँ सहर संवाददाता

तपाईँको मत