स्वास्थ्य

काेराेनाबाट दैनिक मृतक थपिँदै, सुरक्षाका मापदण्डमा असावधानी बढ्दाे

काठमाडाैँ । नेपालमा पछिल्लाे समय काेराेना ग्राफ र मृतक दर बढ्दै गएकाे छ । गत २४ घण्टामा थप दुइकाे मृत्यु भएसहित कुल मृतककाे संख्या ११ हजार ९८६ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १६५ जनाकाे परीक्षण गर्दा २६३ संक्रमित पुष्टि भएका छन् । साे अवधिमा ५०१ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार साे अवधिमा १ लाख २७ हजार ३२१ ले खाेप प्राप्त गरेका छन् । मन्त्रालयका अनुसार देशमा काेराेनाका सक्रिय संक्रमितकाे संख्या ५ हजार ४३४ पुगेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत