खेल

राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज शनिबार नेपाल आईपुग्ने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान) ले मुख्य प्रशिक्षक प्रभाकर शनिबार बेलुका नेपाल आईपुग्ने जनाएको छ ।

क्यानका अनुसार प्रभाकर बेलुका ६:१० बजे त्रिभुवन विमानस्थल आईपुग्ने छन् । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत