थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु, ६३ जना आईसीयू ८ जना भेन्टिलेटरमा
- गाउँ सहर संवाददाता
- २७ श्रावण शुक्रबार, २०७९ | १५:४१:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९४ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा २१२, भक्तपुरमा १९ र ललितपुरमा ६३ जना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ८४५ पुगेको छ । उपत्यकाबाहिर सबैभन्दा धेरै आज कास्कीमा ६८ जना संक्रमित देखिएका छन् ।
आज देशभर रहेका पाँच हजार ७७५ जना सक्रिय संक्रमितमध्ये पाँच हजार ५६५ जना होम आइसोलेसनमा र २१० जना संस्थागत आइसोलेसन छन् ।
अस्पतालमा रहेकामध्ये ६३ जना आईसीयूमा र आठजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस