गाउँ सहर

पौडी खेल्ने क्रममा पानीमा डुबि २ जनाको मृत्यु

झापा । झापा शिबसताक्षीमा पाैडी खेल्ने क्रममा डुबेर २ जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार वर्ष ११ की एन्जिला सुन्दास र वर्ष १२ को सिकुम राईकाे पौडी खेल्दा डुबेर मृत्यु भएकाे हाे ।

प्रवक्ता प्रनाउ बसन्त पाठकका अनुसार उनीहरू पौडी खेल्न जान्छु भनि घरबाट हिँडेकोमा अबेर सम्म घर फर्की नआएकोले खोजतलास गर्दै जाँदा कन्काई सिँचाई नहरको डिलमा निजहरुले लगाएको कपडा र चप्पल फेला परेको खबर प्राप्त भई इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षकको टोली र अस्थाई प्रहरी पोष्ट माईधारबाट प्रहरी सहायक निरीक्षकको टोली खटि गई स्थानीयहरु समेतको सहयोगमा खोजतलास गर्ने क्रममा खोलामा दुबै जना पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत