राजनीति

सांसद र चुनावको मतका आधारमा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनबीच प्राथमिक समझदारी

काठमाडौं । गठबन्धन दलहरुबीच ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने समझदारी भएको छ ।विगतका निर्वाचनमा दलहरूलाई प्राप्त भएको मतलाई आधार बनाउने भएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको हो । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाउने समझदारी भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए ।

‘स्थानीय चुनाव, विगतको संसदीय चुनावमा आएका मत र संसदमा दलहरूको उपस्थितिलगायत विषय हेर्ने कुरा छ,’ उनले भने, ‘विगतमा भएका चुनावका मत मात्रै आधार भने हुँदैन । केही दल पहिले अस्तित्वमा थिएनन् ।’

 कार्यदलमा आज छलफल भएको विषयमा पाँच दलले आ आफ्नो पार्टीभित्र पनि छलफल गर्ने बताए । गुरुङका अनुसार कार्यदलको अर्को बैठक साउन ३० गते बस्ने छ । 

सिट बाँडफाँट गर्न ५ दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत