अर्थतन्त्र

मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ गज्जब मुद्दती”, न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने “मुक्तिनाथ गज्जब मुद्दती” योजना सञ्चालनमा ल्याएको छ ।

यो योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ ।

त्यस्तै व्यक्तिगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुनेछ ।

यसबारे थप जानकारी लिनकाे लागि बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने बैकले जनाएकाे छ ।

यो योजनाबाट ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न यस विकास बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत