नेप्सेको वेबसाइटमा अनधिकृत रूपमा पहुँच पुर्याएर तथ्यांक तान्ने प्रयास
- गाउँ सहर संवाददाता
- २६ श्रावण बिहीबार, २०७९ | १५:३४:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को आधिकारिक वेबपेजमार्फत तथ्यांक तान्ने प्रयत्न भएको छ ।
बिहीबार विभिन्न कोड प्रयोग गरी कारोबार सम्बन्धी विवरण अनधिकृत रूपमा ठूलो परिमाणमा तथ्यांक तान्न खोजिए नेप्सेले जनाएको छ ।
नेप्सेले चेतावनी सहित बिहीबार एक विज्ञप्ती जारी गर्दै भनेको छ -आगामी दिनमा पनि त्यस्ता कार्य जारी राखेमा नेप्से कानुनी कारवाहीको प्रक्रियामा जान बाध्य हुने कुरा सबैलाई सूचित गरिन्छ ।
आफ्नो वेबसाइटमा विवरण हेर्न खोज्नेको सङ्ख्या कृत्रिम रूपमा अत्यधिक बढेको समेत जनाउँदै नेप्सेले अनधिकृत रूपमा वेबसाइटमा पहुँच स्थापित गरि सेवा अवरूद्ध गर्ने प्रयासलाइ राेकथाम गर्न विभिन्न प्रयास भइरहेकाे जनाएकाे छ ।
‘अनअथोराइज्ड’ तरिकाले वेबसाइटमा पहुँच स्थापित गरी डेटा एक्सट्रयाक्ट गर्न खोजिएको नेप्सेले जिकिर गरेको छ ।
हाल नेप्सेले आधिकारिक रूपमा एपिआई मार्फत धितोपत्रको कारोबार राफसाफ तथा फर्छ्यौट प्रयोजनका लागि आफ्नो सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई मात्र तथ्यांक उपलब्ध गराउँदै आइरहेको बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस