अर्थतन्त्र

दिनहुँ घट्न थाल्याे शेयरबजार, काराेबार रकम पनि न्यून, लगानीकर्ता निराश

काठमाडाैं । याे साता शेयरबजार घट्दाे क्रममै रहेर बन्द भएकाे छ । बजार बढ्ने आशामा रहेका लगानीकर्ताला यसले निराशा बनाएकाे छ । 

साताकाे अन्तिम काराेबार दिन बिहीबार आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से १९.०६ अंकले घटेर दुई हजार ३७ दशमलब ८३ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा आज नेप्सेमा एक अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये ३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५० वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च भएको हो । 

हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९प्रतिशतले बढेर प्रतिकित्ता ३३३.६० रुपैयाँ पुगेको छ भने अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता १४३.२० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज ७ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ ।    

गाउँ सहर संवाददाता

Prakash Dahal लेख्नुहुन्छ २६ श्रावण, २०७९ ५:०४ pm

आज हरियो हुनुपर्ने थियो तर रातो भयो, NEPSE मा लागेको यो रोग मलम पट्टीले निको हुँदैन Operation नै गर्नुपर्ने देखियो । THANK YOU

तपाईँको मत