समाज

लागुऔषधसहित झापामा दुईजना पक्राउ

झापा । प्रतिबन्धीत लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थसहित झापामा दुईजना पक्राउ परेका छन्। 

बुधबार दमक नगरपालिका वडा नं-९ ईटाभट्टास्थित इलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलिले मोटरसाईकलमा सवार दुईजनामाथि जाँच गर्दा  प्रतिबन्धीत लागुऔषध फेला परेपछि पक्राउ गरिएकाे जिल्ला प्रहरी उपरिक्षक तथा प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

पक्राउ पर्नेमा गौरादह नगरपालिका वडा नं-१ बस्ने बर्ष ३३ को भिम बहादुर श्रेष्ठ र बर्ष ३२ को मोहन सिलवाल रहेका छन् । 

उनीहरूलाई थप अनुसन्धानकाे लागि इलाका प्रहरी कार्यालय दमक झापामा राखिएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत