राजनीति

प्रचण्डलाई भेटेर बाबुरामले राखे यस्ताे प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा‍‍. बाबुराम भट्टराईले भेटवार्ता गरेका छन् । बिहीबार बिहान हात्ती वन स्थित एक घरमा तीन नेताबीच करिव एक घण्टा भेटवार्ता भएको छ । 

भट्टराईले माओवादी केन्द्रका नेताहरुसँगकाे भेटमा मोर्चा बनाउने प्रस्ताव राखेका छन् ।

माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन छलफल गरिरहेको छ । जसपाबाट अलग भएका डा. भट्टराईसहितका नेताहरुले बनाएको नेसपा पनि मोर्चामा सहभागी हुन तयार देखिएको छ ।

गठबन्धन र तालमेलबारे प्रचण्डसँगको भेटवार्ता सकारात्मक भएकाले त्यसलाई निरन्तरता दिने भट्टराई निकट नेता विश्वदीप पाण्डेले बताए ।

बाबुरामलाई गठबन्धनमा ल्याउन माओवादी केन्द्रले चासो राखिरहेको छ  भने प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक छन् ।

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत