गाउँ सहर

छोरीसँग प्रेम गरेका थाहा पाएपछि शिक्षकले कुटे विद्यार्थी

काठमाडौं । दाङमा शिक्षकको कुटाइबाट एक विद्यार्थी गम्भिर घाइते भएका छन् । राजपुर गाउँपालिका–३ खरदरियाका युवक मन्साराम यादव आफ्नै शिक्षकबाट कुटिएका हुन् ।

जनज्योती मा.वि बेलामा कक्षा १२ मा अध्ययनरत आफ्नै विद्यार्थीमाथि शिक्षक पाटेश्वर यादवले छोरीको प्रेम भएको थाहा भएपछि निर्घात कुटपिट गरेका थिए ।

शिक्षकले ३ दिन अघि नै योजना बनाएर छोरीको मोवाइलबाट उनलाई फोन गरी बोलाएर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

विद्यार्थी यादवलाई शिक्षकले चिर्पट, लात्ति र मुक्का प्रहार गरेर घाइते बनाएको जनाइएको छ । घटना गत साउन २० गतेको हो । शिक्षकको छोरीले मन्सारामलाई राती नाच हेर्न बोलाएको बताइएको छ । उनीसँगै आएका साथीहरुले भने भाग्न सफल भएपनि उनलाई भने निर्घात कुटपिट गरेका थिए ।

शिक्षकले स्थानीयको घरमा लगेर टाउको, मुख, र खुट्टा लगायतमा बेहोस हुनेगरी फेरी कुटपिट गरेका थिए । मन्सारामलाई कुटपिट गरेको आरोपमा पाटेश्वर यादव र उनका दाइ धीरबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले कुटपिट गरेपछि मन्सारामलाई रातीको समयमा चोरी गर्न आएको भन्ने स्वीकार गर्न बाध्य बनाएर नक्कली कागज बनाइएको समेत खुलेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत