राजनीति

चीन पुगेका परराष्ट्रमन्त्री खड्काले आज गर्दैछन् विदेशमन्त्री वाङसँग भेटवार्ता

काठमाडाैं । नेपाल र चीनका परराष्ट्र मन्त्रीहरूबीच आज वार्ता हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार द्विपक्षीय वार्ता हुन लागेको हो ।

परराष्ट्रमन्त्री खड्का तीन दिन भ्रमणका लागि चीन पुगेका हुन्। हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट भ्रमण टोलीसहित परराष्ट्रमन्त्री खड्का मंगलबार राति चीन प्रस्थान गरेका हुन्। 

नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।

गत वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक उच्चस्तरीय नेपाली टोली चीन गएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत