गाउँ सहर

गड्याङगुडुङ्गसहित बागमती, गण्डकी र  कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा

काठमाडाैँ । काठमाडाैँलगायत देशका विभिन्न स्थानहरूमा भारी वर्षा भइरहेकाे छ । गड्याङगुडुङ्गसहितकाे वर्षाले केहिठाउँमा विद्युत सेवा अवराेध पनि गरेकाे छ ।

माैसम विभागका अनुसार देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

अहिले बागमती प्रदेश, गण्डकी प्रदेश र  कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा भइरहेकाे उसले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत