समाज

काठमाडाैंबाट ७४ लाख रुपैयाँसहित ३ जना हुण्डी कारोबारी पक्राउ

काठमाडाैं । हुण्डी कारोबारमा संलग्न तीन जना राजधानीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भारतीय नागरिक र दुई नेपाली रहेका हुन् । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले सोमबार साँझ राजधानीको ठहिँटीबाट तीन जना हुण्डी कारोबारीसहित नगद ७४ लाख बरामद भएको बताए । पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका रामहरि दुलाल र रौतहटका सुदिप आचार्य रहेका छन् । 

कोइरालाले पक्राउ परेकाको साथबाट २६ लाख ९६ हजार रुपैयाँ बराबरको चेक समेत बरामद भएको जानकारी दिए । पछिल्लो समय राजधानीमा हुण्डी कारोबारी सक्रिय हुन थालेका छन् । प्रहरीले उनीहरुमाथि निगरानी बढाएको जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत