स्वास्थ्य

एकै दिन झण्डै ११ सय काेराेना संक्रमित थपिए, दुईजनाको संक्रमणका कारण मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा झण्डै ११ सय काेराेना भाइरसले संक्रमित बिरामी थपिएका छन् । 

मंगलबार एकैदिन एक हजार ९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

६ हजार ९०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको हो ।

आज दुईजनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९७४ पुगेको छ ।

आज ४३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४  घण्टामा काठमाडौं उपत्यकामा ३९७ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३०४, भक्तपुरमा २१ र ललितपुरमा ७२ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ९६८ पुगेको छ । 

आज देशभर रहेका पाँच हजार ८०६ जना सक्रिय संक्रमितमध्ये पाँच हजार ५९३ जना होम आइसोलेसनमा र २१३ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये ६१ जना आईसीयूमा र सातजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत