गाउँ सहर

ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई धनगढीको माया मेट्रो अस्पताल विशेष छुट

धनगढी । ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई धनगढीमा रहेको माया मेट्रो अस्पताल विशेष छुट दिने भएको छ । आज   ग्लोबल आइएमई बैङ्क लिमिटेड र  धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रा.लि. बिच अस्पतालले प्रदान गर्ने सेवाहरूमा बैङ्कका ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको हो । 

सम्झौता अनुसार बैङ्कका खातावाला ग्राहक तथा कर्मचारीहरूले माया मेट्रो अस्पतालका सेवाहरूमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् । 

माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैङ्कका ग्राहकहरूले बैङ्कको डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड वा बैङ्कको परिचय पत्र पेश गर्नु पर्नेछ । 

आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न अस्पलातहरुसँग यस्ता सम्झौताहरू गरी समय सापेक्षता अनुरूप ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैङ्कले २६५ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । 

त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुराउँदै आइरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत