राजनीति

प्रचण्डले भेटे जापानकाे सत्तारुढ पार्टीका नेता

काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको सत्तारुढ दलका नेतासँग भेटवार्ता गरेका छन्।

उनले मंगलबार जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका पूर्वमहासचिव तोसिहिरो निक्कइसँग भेट गरेका हुन्।

भेटका क्रममा दुई देशबीच आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान गर्ने समझदारी भएको प्रचण्डको सचिवालयले जनाएको छ। 

स्वकीय सचिव रमेश मल्लका अनुसार स्थानीय सहर/नगरहरूबीच भगिनी सम्बन्ध विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पूर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको छ।

प्रचण्ड पाँच दिन भ्रमण सकेर बुधबार स्वदेश फर्कँदै छन् । उनी पार्टी निकट जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान गएका हुन्।

गाउँ सहर संवाददाता

तपाईँको मत