गाउँ सहर

आज महाकालीको बहाब उल्लेख्य बढ्ने; कोशी, नारायणी, कन्काई, कमला, बागमतीकाे सामान्य घटबढ

काठमाडाैँ । आज महाकालीको बहाब उल्लेख्य बढ्ने; कर्णाली र यसका सहायक नदीहरुको बहाब सामान्य बढ्ने तथा कोशी, नारायणी, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान माैसम विभाग बाढी सूचना शाखाले जनाएकाे छ ।

उसले भनेकाे छ, "नक्सामा उल्लेखित जिल्ला भई बहने केही स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भई वहने स-साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाऔं ।"

गाउँ सहर संवाददाता

तपाईँको मत