राजनीति

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनावमा उठ्ने घाेषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव उठ्ने भएका छन् । 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रवक्ता शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।

आफूलाई देशका अन्य विभिन्न जिल्लाबाट चुनाव लड्न सुझाव आएपनि आफूले जुम्ला रोजेको उनको भनाइ छ । जुम्ला शाहीको गृहजिल्ला पनि हो । 

उनले आफूलाई जुम्लामा राप्रपा कमजोर रहेकोबारे अवगत रहेको पनि बताए । तर, जिल्लावासीले आफूलाई जिताउने उनको विश्वास छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत