स्वास्थ्य

काेराेनाबाट एकजनाले ज्यान गुमाए, ९३४ नयाँ संक्रमित थपिए

काठमाडाैँ । नेपालमा पछिल्लाे २४ घण्टामा काेराेनाका कारण एकजनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे दिन ५ हजार ३५१ जनाकाे परीक्षण गर्दा ९३४ नयाँ संक्रमित थपिएका छन् ।

उसका अनुसार साे अवधिमा ४७० जना डिस्चार्ज भएका छन् । साे समयमा ३२ हजार ५३४ जनाले खाेप लगाएका छन् ।

देशमा अब सक्रिय संक्रमितकाे संख्या ५ हजार ६८६ पुगेकाे छ ।

देशमा अहिलेसम्म काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ११ हजार ९७२ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत