गाउँ सहर

इञ्जिनियरसहित पाँच जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडाैं । पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर शिवजी प्रसाद रायसहित पाँच जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ६ मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्म  सडकको स्तरोन्नति गर्नका लागि विनियोजन भएको रकम हिनामिना गरेको आरोपमा रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इञ्जिनियर राय, इञ्जिनियर राम किशोर साह र  सबइञ्जिनियर प्रेमचन्द्र झा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भइ उपभोक्ता समितिलाई जिम्मा दिइएकोमा सडक नबनाइ रकम हिनामिना गरेको उनीहरुमाथि आरोप लागेको छ ।

पाँचै जना विरुद्ध १६ लाख ५९ हजार ९ सय ७२ रुपैयाँ माग दाबी गरी भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत